बैबाहिक बन्धनमा बाँधिए सोमपाल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सोमपाल कामी बैबाहिक बन्धनमा बाँधिएका छन् ।

राष्ट्रिय टोलीका तीव्र गतिका बलर सोमपाल धनगढीकी प्रतिभा घिमिरेसँग बैबाहिक बन्धनमा बाँधिएका हुन् । सोमपालले बिहिबार प्रतिभासँगको ४ वर्षे प्रेमलाई विवाहमा परिणत गरेका हुन् ।

सोमपाल र प्रतिभाले परिवार र साथीभाइबीच एक मन्दिरमा विवाह गरेका हुन् । विवाहकै कारण सोमपाल अहिले टिम बाहिर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?