हेटौँडा । शहीद दिवसको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–११ नवलपुरस्थित शहीद स्मारकमा वाग्गमती प्रदेशका प्रमुख विष्णुप्रसाद प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभाका नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आज पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
सो अवसरमा आयोजित समारोहमा वाग्मती प्रदेश प्रमुख प्रसाईंले शहीदहरुले राष्ट्रका लागि गरिएको योगदानलाई राजनीतिक दलले अनुशरण गरेर जनताका लागि स्थायी शान्ति प्रदान गर्न र विकासको पूर्वाधारलाई कार्यान्वयन गर्न समन्वय र समझदारीका साथ अघि बढ्नुपर्ने बताए ।
सो अवसरमा मुख्यमन्त्री पौडेलले राष्ट्रमा गरीबी, अशिक्षा, अन्धविश्वासजस्ता सामाजिक कुरीतिलाई उन्मूलन गर्न अहिले निकै चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै सन् २०२२ भित्रमा वाग्मती प्रदेशमा बालविवाहलाई न्यूनीकरण गर्ने कार्यक्रमका साथ प्रदेश सरकार अघि बढेको बताए ।
उनले प्रदेशभित्र शिक्षाको गुणस्तर वृद्धि गर्न प्राविधिक जनशक्ति उपलब्ध गराउने र बेरोजगार युवालाई रोजगारीमूलक कार्यक्रमको तर्जुमा गरी सबै जिल्लाका विभिन्न स्थानमा क्रियाशील तुल्याउन सरकारले आर्थिक प्याकेज ल्याउने दृढता व्यक्त गरे।
मुख्यमन्त्री पौडेलले शहीदले राष्ट्र र जनताका लागि दिइएको बलिदानलाई राजनीतिक दलहरुले उपेक्षा गर्न नहुने र जनताका लागि केन्द्रविन्दुमा राखेर राजनीतिक अभ्यासलाई अगाडि बढाउन सके मात्र भ्रष्टाचारजन्य कार्य निरुसाहित हुने धारणा व्यक्त गरे ।
सभामुख श्रेष्ठले राजनीतिक दलमा आपसी समझदारी र सहकार्यबाट जनताका लागि विकासको पूर्वाधार पु¥याउन र उनीहरुलाई शान्ति सुरक्षालगायत मौलिक हकको संवद्र्धन गर्ने कार्यमा दलहरु एकजुट हुन सके शहीदको सदीक्षाप्रति सार्थक हुने विश्वास व्यक्त गरे ।
नेपाली काँग्रेस संसदीय दलका नेता बानियाँले राजनीतिक आन्दोलनले जनतालाई सार्वभौम अधिकारको मालिक बनाएको भए पनि जनता अहिले सरकार र राजनीतिक दलको क्रियाकलापप्रति उपेक्षा भावले हेर्ने गरेकामा चिन्ता व्यक्त गरे । उनले राजनीतिक दल आ–आफ्नो दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताप्रति जिम्मेवार हुनसके मात्र संविधानले परिकल्पना गरेको प्रजातन्त्रको सुदृढीकरणमा दिगो हुने विश्वास व्यक्त गरे ।
मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, शहीद स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले प्रदेश सरकारले आफ्नो प्रदेशभित्र शहीदले पु¥याएका योगदानको चिर स्मरणीय गर्ने सङ्ग्राहलयको स्थापना गर्न र जनतालाई विश्वासमा लिएर शान्ति सुरक्षालाई मजबुत तुल्याउन माग गरे ।
कार्यक्रममा शहीद दिवसका अवसरमा वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने समृद्धि देव, द्वितीय हुने अस्मिता ज्ञवाली र तृतीय हुने अञ्जली घिमिरेलाई क्रमशः पदक, नगद पुरस्कार र प्रशंसापत्र वितरण गरिएको थियो । स्थानीय नवलपुरबाट बाजागाजासहित आज बिहान निस्केको बृहत ¥याली शहीद स्मारकमा पुगेर श्रद्धाञ्जलि कार्यक्रममा परिणत भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया