काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकको दोस्रो दिन बिहीबारको बैठकअन्तर्गत समूहगत छलफल शुरु भएको छ ।
आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका सांगठानिक प्रतिवेदन तथा विधान संशोधन प्रस्तावमाथि छलफल हुँदैछ ।
केन्द्रीय सदस्यहरुको समूहगत छलफलका लागि १५ वटा समूह बनाइएको छ । वर्णानुक्रम अनुसार २९ जना सदस्यलाई एउटा समूहमा राखेर छलफल चलाइएको नेकपा स्रोतले जनाएको छ । छलफल राष्ट्रिय सभागृह र पार्टी केन्द्रीय कार्यालय धुम्बाराही तथा पेरिसडाँडामा हुँदैछ ।
समूहगत छलफलमा सचिवालयका ९ जना नेता सहभागी हुने छैनन् । प्रत्येक समूहबाट एकजना टोली नेताले शुक्रबारको बैठकमा रिपोर्टिङ गर्ने नेकपाले जनाएको छ । समूहगत छलफलमा भाग लिनुअघि नेकपाभित्रका बिभिन्न गुटहरुको आन्तरिक बैठकसमेत बसेर कसरी प्रस्तुत हुने भन्नेबारे निर्देशन दिइएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया