चर्चामा डियर कमरेड : ‘कर्नाटका क्रस’ रश्मिकाको क्युट तस्वीरहरु

लोकपथ संवाददाता
0
Shares
Rashmika Mandanna New Latest HD Photos | Chalo Movie Heroine Rashmika Mandanna Photo Shoot Images

काठमाडौं । साउथ इन्डियन फिल्मको निकै क्रेज छ नेपालमा । नेपाली हलमा नलागे पनि कुरेर युट्युबमा आएपछि हेर्नेहरुको संख्या धेरै छ ।

करीब एक/दुई हप्ता अगाडी युट्युबमा सार्वजनीक भएको साउथ इन्डिएन मुभि ‘डियर कमरेड’ ले नेपालमा चर्चा कमाएको छ ।

यो फिल्म केही दिनदेखि युट्युबको एक नम्बर ट्रेन्डिङमा छ। तेलेगु, मलायालम र कन्नड भाषामा बनेको यो फिल्म हिन्दीमा डब गरेर युट्युब रिलिज गरिएको हो । रिलिजको एक हप्तामै ५० करोडले यो फिल्म हेरिसकेका छन् ।

चलचित्र ‘अर्जुन रेड्डी’ बाट विश्व बजारमै चर्चामा आएका नायक विजय देवेराकोन्डा अभिनित यो चलचित्रमा नायिकाको रुपमा रश्मिका मान्डणा छिन् ।

‘रोमान्टिक एक्सन ड्रामा’ भनिएको यो चलचित्र युट्युबमा रिलिज भएसँगै विश्व बजारमा चर्चा कमाईरहेको छ । चलचित्र २०१९ को जुलाईमा साउथ इन्डियाका सिनेमा घरहरुमा रिलिज भएको थियो ।

तेलुगु र कन्नडा फिल्ममा काम गरिरहेकी रश्मिका मण्डना छोटो समयमा नै ख्याति कमाएकी र राम्रो पारिश्रमिक लिने अभिनेत्रीमा पर्छिन् । कन्नडा फिल्म उद्योग र संचार माध्यमहरुमा उनलाई ‘कर्नाटका क्रश’ भनेर पनि चिनिन्छ ।

हेरौ ‘कर्नाटका क्रश’का केहि क्युट तस्वीरहरु :

 

तस्वीर : सामाजिक सञ्जाल

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?