एकै महिनामा तीन पटक आमा बनिन् यी महिला…!

काठमाडौं । भनिन्छ,भाग्यको अगाडि विज्ञान पनि फिक्का छ । यो वाक्य बंगलादेशकी एक महिलाको जीवनबाट चरितार्थ हुन्छ । ति महिलाले एक महिनामा ३ पटक बच्चा जन्माएर सबैलाई चकित बनाएकी छन् ।

ति महिलाले तीन स्वस्थ बच्चालाई फरक-फरक समयमा जन्म दिएर संसारलाई नै चकित बनाएकी छिन् । एक महिनामा तीन बच्चा जन्माउँने ति महिलाको नाम हो आरिफा सुल्तान ।

ति महिला मात्र २० वर्षकी छिन् । डाक्टरहरुका अनुसार महिलाको पहिलो बच्चाको डेलिवरी नर्मल तरिकाले भएको थियो । पहिलो सन्तानको रुपमा उनले छोरालाई जन्म दिएकी थिइन् ।

पहिलो बच्चा जन्माएको २६ दिन पछि उनको पेट अत्याधिक दुख्न थाल्यो र उनले डाक्टरलाई देखाइन् । अल्ट्रासोनोग्राफीमा फेरी उनको पेटमा अरु दुई बच्चा रहेको पत्ता लागेको थियो ।

कम्प्लिकेसन्स हेरेपछि डाक्टरले महिलाको दोश्रो पटक डेलिवरी गरेका थिए । त्यो पटक आरिफाले अप्रेशनको माध्यामबाट अन्य दुई बच्चालाई जन्म दिएकी थिइन् । एक छोरा र अर्काे छोरीलाई उनले जन्म दिएकी थिइन् ।

डाक्टरहरुका अनुसार महिलाको पेटमा दुई गर्भाशय थिए । त्यसैले उनी एक महिनामा तीन पटक आमा बनेकी थिइन् । महिलालाई चेकजाँच गर्ने मुख्य चिकित्सकले आफूले डाक्टरी पेशा अँगालेको ३० वर्षमा त्यो पहिलो घटना भएको बताएका छन् ।

आरिफाका तीन वटै बच्चाहरु एकदमै स्वस्थ रहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?