मानव बेचबिखानको आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ

काठमाडौं । मानव बेचबिखनको आरोपमा काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं ४ का वडाध्यक्ष पुष्कर खडकासहित अन्य ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा व्रिजगोपाल श्रेष्ठ तथा नवल ठाकुर रहेका छन् ।

गत शुक्रवार महानगरीय प्रहरी परिसर, ललितपुर र महानगरीय प्रहरी प्रभाग सानेपाको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सानेपाको एक खाजाघरमा छापामार्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । एक महिलाले देह व्यापार गर्ने गरेको भन्दै उजुरी दिएपछि प्रहरीले खोजतलास गरेको थियो ।

पक्राउ गरि उनीहरुलाई मानव बेचविखान तथा ओसारपसार ऐन अनुसार ९ दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै पक्राउ परेका नवल ठाकुर भारतीय नागरिक भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?