टाउको छिनेपछि पनि १८ महिनासम्म बाँच्यो यो कुखुरा

काठमाडौं । मानिस हो वा कुनै जनावर हरेकको मृत्यु निश्चित छ । तर के शिर शरीरबाट छुट्टिएपछि पनि कोहि मानिस वा जनावर बाँच्न सक्छ ? सबैको जवाफ सक्दैन भन्ने नै हुन्छ । तर यस्तो चमत्कार आज भन्दा ७२ वर्ष पहिला अमेरिकामा भएको थिायो ।

आजभन्दा ७२ वर्ष पहिला अमेरिकामा मिरेकल माइक नामको एउटा कुखुरा टाउको काटेपछि पनि १८ महिनासम्म जिउँदै थियो । यो कुराले अहिले पनि मानिसहरु अचम्ममा पर्छन् ।

यो घटना १० सेप्टेम्बर सन् १९४५ को हो । अमेरिकाको कोलाराडास्थित फ्रुटामा बस्ने एक किसान लायड ओल्सेन आफ्नी श्रीमती क्लाराका साथमा आफ्नो फर्ममा गएका थिए । र त्यहाँ रहेका कुखुरा काटिरहेका थिए ।

उनले त्यहि बेला माइक नामको कुखुरी काटे । त्यो बेला माइकको उमेर ५ महिनाको थियो । तर माइक कुखुरी टाउको काटेपछि पनि मरेन,झनै दौडन थाल्यो ।

त्यहि बेला उनले कुखुरीलाई एउटा बक्समा बन्द गरिदिए । र विहानै उठेर हेर्न जाँदा कुखुरी मरेको थिएन । उनी अचम्ममा परेर छिमेकीलाई यो बारेमा भने ।

यो खबर शहर भरि फैलियो । त्यसपछि शाल्ट लेट सिटीमा रहेको युटा विश्वविद्यालयका वैज्ञानिकहरु यो बारेमा अनुसन्धान गर्न त्यहाँ पुगे ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार कुखुरीलाई खानका लागि ड्रापबाट जुस दिने गरिन्थ्यो । कुखुरी सन् १९४७ मा मरेको थियो ।

शिर काटेको कुखुरी हेर्न मानिसहरु त्यो बेलामा टिकट काटेर जाने गर्दथे । त्यसबाट मालिक लायड ओल्सेनले महिनाको ४५ सय डलर कमाउँथे ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?