नुवाकोटको किस्पाङ गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषणा

नुवाकोट, १२ माघ । नुवाकोटको किस्पाङ गाउँपालिकालाई बिहीबार खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ किस्पाङ गाउँपालिकाको वडा नं ३, काउलेमा रहेका ९५३ धरधुरी सबैमा शौचालय निर्माण भएसँगै जिल्लाको पाँचौ गाउँपालिकाको रुपमा किस्पाङलाई बिहीबार पूर्वसांसद् बहादुरसिंह लामा तामाङले खुला दिसामुक्त क्षेत्र भएको घोषणा गरेका हुन् । गाउँपालिकामा रहेका पाँच वडाका चार हजार १८६ धरधुरी सबैमा शौचालय निर्माण सम्पन्न भएसँगै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो किस्पाङवासी सबै घरमा शौचालय निर्माण सम्पन्न भइसकेकाले अब स्वच्छ खानेपानी उपलब्ध गराउनतर्फ केन्द्रित हुने गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले बताए खुला दिसामुक्त क्षेत्र घोषणाका लागि आर्थिक सहयोग उपलब्ध गराउँदै आएको नेपाल रेडक्रश सोसाइटी, नुवाकोटले आगामी दिनमा पूर्ण खोपयुक्त अभियान र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न लागेको सभापति सुरतबहादुर चित्रकारले जानकारी दिए नुवाकोटका बाह्र स्थानीय तह मध्ये यसअघि दुप्चेश्वर, तादी, शिवपुरी र मेघाङ गरी चार गाउँपालिका खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?