चितवन । वृद्धामाथि सामूहिक बलात्कार गरेको आरोपमा चितवनमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माडी नगरपालिका ४ शिलतपुर निवासी २८ वर्षका रमेश सारु मगर, २५ वर्षका सुरेश चापागाई र १८ वर्षका सन्दिप भण्डारी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि माडी नगरपालिका वडा नं २ सितलपुरमा बोल्न नसक्ने वृद्धामाथि बुधबार साँझ सामूहिक बलात्कार गरेको आरोप रहेको छ ।
उनीहरुले बृद्धालाई बलात्कार गरिरहेको अवस्थामा पीडितका दाजुले देखेपछि सन्दिप भण्डारीलाई घटनास्थलबाट नियन्त्रणमा लिइएको थियो । साथै अन्य दुई जनालाई भण्डारीकै सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पूजा भएको ठाउँबाट घर फर्किन लागेकी वृद्धालाई खोला नजिक लगेर तीन जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया