कुवामा डुबेर एकको मृत्यु

स्याङ्जा । बुधवार स्याङ्जाको आँधीखोला गाउँपालिका–६,पातिखोलामा कुवामा डुबेर एकजनाको ज्यान गएको छ।

कुवामा नुहाउन गएका पर्वत फलेबासका भीम चापागाइँ लामो समयसम्म नफर्केपछि खोज्दै जाँदा कुवामा डुबेको अवस्थामा फेला परेका थिए।

उनी स्थानीय होमनाथ ढकालको घरमा पाहुना बनेर गएका थिए । उपचारको लागि स्याङ्जा अस्पताल लगेपछि डाक्टरले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?