यी कर्मचारीले गरे दुग्ध विकास संस्थानमा अढाइ करोड घोटाला

काठमाडौँ, १२ माघ -दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन् । संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्‍याउने गरी घोटाला गरेको देखिएको खबर नयाँ पत्रिकामा छापिएको छ यी कर्मचारीले घोटाला गरे०७४ असार मसान्तसम्म काठमाडौं दुग्ध वितरण आयोजनाका भरतबहादुर क्षत्री, राजु न्यौपाने, जगनरावत थारू, धर्मराज अर्याल, प्रदीपकुमार थापा, देवानसिंह दनुवार, छविलाल आले, रामचन्द्र मण्डल, उपेन्द्रसिंह दनुवार र रमेशचन्द्र ओझाले ७६ लाख ९६ हजार ७ सय ७६ रुपैयाँ घोटाला गरेका छन् ०७३ चैत मसान्तसम्म विराटनगर दुग्ध वितरण आयोजनाका कृष्णराज पोख्रेल, शैलेन्द्रकुमार देव, दिनेश यादव, महेन्द्र भट्टराई, रामबाबुप्रसाद यादव, शुभनारायण यादव, नन्दकुमार कोइराला, गोपालबहादुर खड्का, खगेन्द्रराज शंसी, किशोरकुमार श्रेष्ठ र शिवप्रसाद राजवंशीले कुल २६ लाख ६७ हजार ६ सय ७२ रुपैयाँ हिनामिना गरेका थिए ०७३ फागुन मसान्तसम्म जनकपुर दुग्ध वितरण आयोजनाका सुखराम मण्डल, विनोदकुमार थापा, राजकिशोर यादव, हस्तबहादुर घलान, रामानन्द सिंह, विनोदकुमार थापा, श्याम यादव, रामउदित कापर, हरिदेव यादव र कमलेस यादवले कुल २५ लाख ३७ हजार ६७ रुपैयाँ घोटाला गरेका छन् ०७४ वैशाख मसान्तसम्म हेटौँडा दुग्ध वितरण आयोजनाका रामनारायण प्रधान, गोपालप्रसाद घिमिरे, रविन्द कुमार, रामएकवाल राय, जयबहादुर गोले, गगनदेव साह र बच्चु महराले कुल १९ लाख ९१ हजार ४ सय ५६ रुपैयाँ ५८ पैसा घोटाला गरेका छन् ०७४ वैशाख मसान्तसम्म नेपालगन्ज दुग्ध वितरण आयोजनाका कैलाश कुँवर, रनेन्द्र अधिकारी र अर्जुन पन्थीले कुल १२ लाख १४ हजार २ सय २५ रुपैयाँ २६ पैसा घोटाला गरेका छन् ०७४ वैशाख मसान्तसम्म पशु आहारा उत्पादन कारखानाका दिलीप कार्कीले कुल १ लाख ६८ हजार ५ सय ९० रुपैयाँ घोटाला गरेका छन् । सबैभन्दा बढी बालकृष्ण भण्डारी, बुढाथोकी कोल्ड स्टोर (शम्भु), तेजनाथ ढकाल, नेजनाथ ढकाल, सुभाष राई, बुसबहादुर भुजेल, प्रेमप्रसाद पराजुली, विनोद शर्मा र गोविन्दबहादुर गुरुङले कुल ८६ लाख ६६ हजार ५ सय ९८ रुपैयाँ घोटाला गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?