दिल्ली हुँदै टर्की पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र

काठमाडौँ, १२ माघ- मानवतस्करहरूले नेपाली युवालाई युरोपमा रोजगारी र पिआर दिलाउने भन्दै भारत हुँदै टर्की पुर्याएर ठगी गर्ने गरेको खुलेको छ टर्कीमा १ सयभन्दा बढी युवाहरू यसरी अलपत्र परेको पीडितहरूले अनुमान गरेका छन् । टर्की लैजाने क्रममा गत भदौमा स्यांजाका लक्ष्मण गुरुङसहित अन्य तीनजनालाई मानवतस्करले बसमार्फत दिल्ली लगेर राखेका थिए । तस्करहरूको मुख्य नाइकेको रूपमा चिनिने नारायण भन्ने चिरन गिरीले उनीहरूलाई दिल्ली एयरपोर्टमा सेटिङ मिलाएर बहराइन हँुदै टर्कीको स्तानबुल पुर्याएको उनले बताए । स्तानबुलमा उनीहरूलाई तस्कर समूहका सदस्य कुमार प्रधान एयरपोर्टसम्मै लिन आएका थिए तस्करको जालोमा परेर टर्की पुर्याइएका अन्य दुई दर्जनभन्दा बढी नेपालीलाई राखिएकै स्थानमा उनीहरूलाई पनि राखियो । टर्की पु¥याइएको केही दिनमा नजिकैको जंगलमा लगेर जबर्जस्ती जोखिमपूर्ण काममा लगाइयो । सो स्थानमा महिनौँदेखि विनातलब काम गरिरहेको नेपाली भेटेपछि गुरुङ सुरुमा राखिएको कोठामै फर्किए त्यसपछि उनी गिरोहका सदस्य प्रधानकै भनाइका आधारमा अन्य कामको खोजीमा विभिन्न ठाउँमा चक्कर काट्न लागे । तर, भनेजस्तो काम उनले कहीँ पाएनन् । गुरुङको यस्तो अवस्था देखेपछि प्रधानले थप ३ लाख उपलब्ध गराए ग्रिस पठाइदिने आश्वासन दिए । राम्रो काम र आकर्षक कमाइ गर्ने आसमा गुरुङ उधारोमै भए पनि अन्य केही साथीहरूसँगै जंगलको बाटो भएर ग्रिस छिर्ने प्रयासमा जुटे । तर, बीचजंगलमै पक्राउ गरेर त्यहाँको प्रहरीले उनीहरूलाई पुनः टर्की फर्काइदियो । प्रहरीले ग्रिस छिर्न नदिएपछि गुरुङलाई नेपाल नै फर्कने सोचाइ आउन लाग्यो । तर, चर्को ब्याजमा लिएको ऋण सम्झेर घर फर्किने निर्णय लिन सकेनन् बरु, आलु र बन्दाकै भरमा दिन गुजार्न थाले । ‘केही दिनपछि त्यो पनि आउन बन्द भयो, घरबाटै पैसा मगाएर भए पनि जेनतेन भोक मेटाउँदै थियौँ,’ उनले भने, ‘तर, प्रधानले पाकिस्तानी गुन्डा प्रयोग गरी कोठा नै खाली गर्न बाध्य बनाए ।’ गाँस र बास नै नपाउने अवस्था आएपछि उनी नेपालबाट खर्च मगाएर स्वदेश फर्किएका छन्, नयाँ पत्रिकाले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?