धनुषामा मोटरसाइकल दुर्घटना, श्रीमान र श्रीमतीको मृत्यु, छोरा घाइते

काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटनामा परी श्रीमान र श्रीमतीको मृत्यु भएको छ । जिल्लाको गनेशमान चारनाथ नगरपालिका ६ गोदारमा बा ६४ प ३०४७ नम्बरको मोटरसाइकल र स १ च १८५८ नम्बरको भ्यान ठोक्‍किदा श्रीमान श्रीमतीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गणेशमान चारनाथ ४ का ५० वर्षीय जोगेन्द्र साह र उनकी श्रीमती ४० वर्षीया प्रमिला साहको मृत्यु भएको र उनका १० वर्षीय छोरा जोनकुमार साह सामान्य घाइते रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?