कुलमानको खतरनाक निर्णय

काठमाडौं, १२ माघ- डलरमा बिजुली किनिएकै कारण वार्षिक न्यूनतम पाँच अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको विद्युत् प्राधिकरणले मुलुककै अर्थतन्त्रलाई दीर्घकालीन असर पार्ने गरी हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको बिजुली अमेरिकी डलरमा खरिद गर्ने निर्णय गरेको छ स्वदेशी निजी क्षेत्रको बिजुली बिक्री गर्ने बजार र ओसारपसार गर्न प्रसारण लाइन नभएको देखाएर कोटा तोकेरै पीपीएमा रोक लगाउँदै आएको प्राधिकरणले विदेशी लगानीको २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ को विद्युत् भने डलरमा किन्ने निर्णय गरेको हो, अन्नपूर्ण पोस्टमा खबर छ प्राधिकरण सञ्चालक समितिको बुधबार बसेको ७ सय ६२ औं बैठकले २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीसित डलरमा बिजुली किन्ने निर्णय गरेको हो । कुल ३५ अर्ब रुपैयाँको यो आयोजनाको लागत ६० अर्ब रुपैयाँ देखाइएको छ । यही कृत्रिम लागत वृद्धिका कारण आयोजना विवादास्पद बन्दै आएको र यसअघिको प्राधिकरण सञ्चालक समितिले निर्णय गर्न सकेको थिएन सञ्चालक समितिको उक्त निर्णय विवादमा परेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भोलिपल्ट बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो निर्णयको बचाउ गरे । ‘यो जलविद्युत् आयोजनाको पीपीए डलरमा भएको देखिए पनि नेपाली लगानीकर्तालाई तोकिएकै दररेटमा भुक्तानी गर्ने गरी डलरमा भएको मात्रै हो’, घिसिङले भने, ‘विदेशी ऋण भुक्तानीलाई मात्रै डलरमा गर्न लागिएको यो आयोजनाको पीपीए सम्झौता वास्तवमा नेपाली रुपैयाँमा नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?