‘नेविसंघको विधान लागू नगरे पार्टीले झण्डा ओढाउन आउनुपर्छ’

काठमाडौं । नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले विधान लागू नगरे आफुलाई पार्टीको झण्डा ओढााउन तयार हुन चेतावनी दिएका छन् । कांग्रेसको केन्दीय कार्यालय सानेपामा तीनदिन देखि आमरण अनशनमा बसेका उनले जुनसुकै हालतमा विधान लागू गर्न गरेका छन्।

विद्यान कार्यान्वयनको माग गर्दै ४१ दिनसम्म रिले अनसन बस्दा पनि पार्टी नेतृत्वले मागप्रति कुनै सुनुवाई नगरेकाले बाध्य भएर आमशरण अनसन बस्नु परेको हो ।

त्रिपाठीले भने ‘रिले अनसनमा बसे पनि पार्टीका शीर्ष नेताहरु भागबण्डामा मात्रै केन्द्रित हुनुभयो, त्यसैले आमरण अनसनमा बसेको हौं । कि त माग पूरा गर्नुहोस् । किन पार्टीको झण्डा ओढाउन आउनुहोस् ।’

पार्टीले यसअघि नै नेविसंघको विधान संशोधन गरी ३२ वर्षमुनिका मात्र नेतृत्वमा आउन पाउने व्यवस्था गरिए पनि अहिले भागबण्डाका लागि विधान मिच्न थालेको उनको भनाई छ ।

उनी भन्छन्– ‘महिनाभित्र महाधिवेशन गर्ने गरी गठन हुने तदर्थ समितिमा ८ जना महामन्त्री राख्ने नेताहरुबीचको सहमतिले पनि विद्यान मिचेको छ । विधान एक जना निर्वाचित र एक जना मनोनित गरी २ महामन्त्री मात्र हुने व्यवस्था भएकोमा उनीहरुले भागबण्डा कै लागि ८ जना महामन्त्री राख्ने सहमति गर्नुभयो । यो सहमतिले समग्र संस्थाकै खिल्ली उडाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?