७ चैत्र २०७९, मंगलवार

एनआरएनएको अध्यक्षमा भुवन भट्टको उमेदवारी

२०७४,भाद्र,३१,शनिवार ०८:०९

0
Shares

काठमाडौं, ३१ भदौ ।गैरआवासिय नेपाली संघको अध्यक्षमा भुवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् ।राजधानीमा शनिबार पत्रकार सम्मेलन गरेर आगामी कार्यकालका लागि अध्यक्षमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।हाल शेष घले नेतृत्वको कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका भट्टले आफूले एनआरएन राम्ररी बुझेको भन्दै नेतृत्व गर्ने अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।दुई कार्यकाल उपाध्यक्ष रहेका भट्ट÷सातौ विश्व सम्मेलनमा शेष घले समुहको तर्फबाट उपाध्यक्ष बनेका हुन् ।टिबिआई गु्रपका प्रमुख समेत रहेका भट्टको नेपालमा हवाई उड्यन, संचार तथा पुर्वाधार विकास निर्माणमा लगानी रहेको छ । यही असोज २८ देखि ३१ गते सम्म काठमाण्डौमा एनआएनए को आठौ विश्व सम्मेलन हुदैछ । सम्मेलनले आगामी दुई बर्षका लागि एनआरएनए को नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार ०८:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफा रकममध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले

काठमाडौं । कतारमा आफूले भोगेको दुर्व्यवहारको क्षतिपूर्ति पाउनबाट आप्रवासी श्रमिकहरू वञ्चित भइरहेका बेला नेपालका तीन दर्जन नागरिक संघ संस्थाहरूले फिफा

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण संगठनहरूको छाता संगठन (ईफाप्का) को

भैरहवा । लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ

ताजा समाचार

रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी
 २०७९,चैत्र,७,मंगलवार १४:०६
तिघ्राबाट निकालियो तीन किलोको ट्यूमर
 २०७९,चैत्र,७,मंगलवार १३:४६