काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिकाका नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा भित्र बौद्धिक एवं कुशल संगठनको परिचय बनाएका राम कुमार कार्कीको नेतृत्वमा नेताहरु रामहरी कार्की, हरि कार्की, रामहरि गिरि लगाएतका नेता कार्यकर्ता प्रवेश गरेका हुन् ।

कांग्रेस सभापति शेर बहादुर देउवाको निवासमा आज आयोजित कार्यक्रमबाट उनिहरुले कम्युनिष्ट पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेको नेविसंघ निवर्तमान केन्द्रिय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए । रामेछापका पार्टी सभापति लवश्री न्यौपाने लगाएत नेता कार्यकर्ताको बाक्लो उपस्थितिकाबीच नवागंतुकहरुलाई केन्द्रिय सभापति देउवाले पार्टी सदस्यता प्रदान गरि स्वागत गरेका छन् । उनले नव प्रवेशिलाई पनि पार्टीमा उचित जिम्मेवारी प्रदान गरिने बताए ।

नव आगन्तुककातर्फबाट मन्तव्य राख्दै रामकुमार कार्किले स्थानीय सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको तथा कम्युनिष्ट नेताहरु खोक्रो आडम्बरीमा टिकेका भन्दै वर्तमान कम्युनिस्ट सरकारले जनतामाथी चरम शोषण गरी सिङ्गो देशलाई नै भ्रममा राखेको बताए ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया