बाईकमा बसेर बीच सडकमा नुहाउँने यी व्यक्तिलाई प्रहरीले गर्याे यस्तो कारवाहि

काठमाडौं । संसारमा बिभिन्न प्रकारका मानिसहरु हुने गर्छन् । तर केहि मानिसहरु जिन्दगीलाई अविस्मरणीय बनाउँन यस्तो काम गर्छन् कि आफ्नै कामले हाँसोको पात्र बन्ने गर्छन् ।

यस्तै एउटा घटना दक्षिण भियतनाममा बस्ने मानिसको साथमा पनि भएको छ । त्यहाँका एक व्यक्ति आफ्नो साथीसँग बाइकमा बसेर बिच सडकमै नुहाउँन थाले । सोसल मिडियामा यो भिडियो जब भाइरल हुन थाल्यो तब उनलाई नराम्रो लाग्न थाल्यो ।

भिडियो भाइरल भएपछि बाइकमा बसेर बिच सडकमा नुहाउँन खोजेका ति व्यक्तिलाई खोजर प्रहरीले कार्बाही गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ति व्यक्ति बाइकमा बसेर आरामले यात्रा गर्दै नुहाइरहेका थिए ।

उनले बाइकको सिटकोबीचमा पानीको बाल्टी राखेका थिए । त्यसपछि उनी साथीलाई बाइक चलाउँन लगाएर बीच सडकमै नुहाउँन थाले ।

साथै बाइक चलाउँनेले उनको भिडियो खिचेर सामाजिक सञ्जालमा राखिदिए । मानिसहले सामाजिक सञ्जालमा अहिले उनको पागलपन देखेर गाली गरिरहेका छन् ।

भिडियोले सामाजिक सञ्जाल तताएपछि प्रहरीले भिडियोको माध्यामबाट बाइकको नम्बर पत्ता लगाएर युवकलाई कार्बाही गरेको छ ।

उनलाई लापर्वाही गरेको भन्दै प्रहरीले ८० डलरको जरिबाना गरेको हो । साथै चालकले हेलमेट नगलगाएको भन्दै चालकलाई पनि प्रहरीले कार्बाही गरेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?