लाफिङ्ग बुद्धलाई यो देशमा मान्छन् भगवान्, यस्तो छ हाँस्नुको रहस्य !

काठमाडौं । हामीले बजारमा बेच्न राखिएको लाफिङ्ग बुद्धको मूर्ती त देखेका नै छौँ । मानिसहरु लाफिङ्ग बुद्धको मूर्तीलाई आफ्नो घरमा राख्ने गर्छन् । लाफिङ्ग बुद्धको मूर्ती घरमा राख्दा सुख, समृद्धि र भाग्य चम्किने विश्वास गरिन्छ ।

तर के तपाईलाई लाफिङ्ग बुद्ध को थिए भन्ने थाहा छ ? साथै हाँस्नुको कारण के हो ? यदि थाहा छैन भने हामी यसको बारेमा जानकारी दिन्छौँ ।

महात्मा बुद्धका होतेई नाम गरेका एक शिष्य थिए । उनले महात्मा बुद्धसँग जब सबै ज्ञान सिके तब उनी जोडले हाँस्न थाले ।

उनले बुद्धसँग सबै ज्ञान लिएपछि आफ्नो जीवनको एक मात्र लक्ष्य हाँस्नुलाई बनाए । भनिन्छ उनी जहाँ गएपनि त्यहाँका मानिसहरुलाई आफ्नो पेट देखाएर जोडले हाँस्ने गर्दथे ।

त्यसपछि जापान तथा चीनका मानिसहरुले उनलाई हाँनेवाला बुद्धका नामले बोलाउँन थाले । त्यसैलाई अंग्रेजीहरुले लाफिङ्ग बुद्धका नामले चर्चित बनाईदिएका हुन् ।

उनका अनुयायी तथा शिष्यहरुले उनको हाँसोको सन्देश बिभिन्न देशमा फैलाउँन शुरु गरे । अझ चीनमा त उनका अनुयायीहरुले लाफिङ्ग बुद्धलाई यसरी प्रचार गरेकी त्यहाँका मानिसहरु भगवान मान्न थाले ।

चीनका मानिसहरु लाफिङ्ग बुद्धलाई पुताईका नामबाट चिन्ने गर्छन् । लाफिङ्ग बुद्धको मूर्ती घरमा राख्दा सुख र समृद्धि तथा भाग्य चम्किने कुरामा उनीहरु विश्वास राख्छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?