एकै वार्डका १९ नर्सले पालैपालो बच्चा जन्माएपछि…!

काठमाडौं । नेब्रास्काको ओमाहास्थित मेथोडिस्ट महिला अस्पतालका एनआईसीयु (नवजात शिशु चिकित्सा इकाई) मा काम गर्ने १९ नर्सहरुले गएको वर्ष एकसाथ गर्भवती भएका थिए ।

सबै नर्सहरु एकैवर्षको फरक फरक महिनामा गर्भवती बनेृका थिए । नर्सहरुले ११ छोरी र ९ छोरा जन्माएका थिए । कीवर्ड अमेरिकाको नेब्रास्कामा एउटा निजी अस्पतालमा अनौठो घटना भएको हो ।

एउटै युनिटमा काम गर्ने १९ नर्सले फरक फरक महिना बनाएर शिशुलाई जन्म दिएका थिए । सन् २०२० को जनवरी २८ मा उनीहरु सबै एकै ठाउँमा जम्मा भएर ग्रुप फोटो खिचाएका छन् ।

एउटै युनिटमा काम गर्ने सबै महिलाहरु पलै पालो गर्भवती हुँदै बिदा लिएपछि अस्पताललाई समस्या परेको थियो ।

उनीहरुलाई अस्पतालले हिजो एकजुट भएको देखेपछि बेबी बुमका नामबाट सेलिब्रेट गरेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?