मूल्यवृद्धिका कारण काम गर्न समस्या

काठमाडौँ, ११ माघ – नेपाल निर्माण व्यवसायी महासंघले निर्माण क्षेत्रमा भएको मूल्यवृद्धिका कारण काम गर्न समस्या परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वीरबहादुर बलायरको ध्यानाकर्षण गराएको छ महासंघको टोलीले आज मन्त्री बलायरलाई मन्त्रालयमा भेटेर मूल्यवृद्धिले निर्माण व्यवसायी र आम जनता समस्यामा परेको भन्दै ध्यानाकर्षण गराएको हो केही साताअघिदेखि इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवाजस्ता प्रमुख सामग्रीमा अप्रत्याशितरुपमा मूल्यवृद्धि भइरहेकाले देशभर क्रियाशील निर्माण व्यवसायी मर्कामा परेको बताइएको छ यस्तै काम गरेको बजेट निकासा नहुँदा व्यवसायी ठूलो आर्थिक मारमा परेको भन्दै समस्या समाधानका लागि ठोस पहल गरिदिनसमेत टोलीले मन्त्री बलायरलाई आग्रह गरेका छन् भेटपछि मन्त्री बलायरले निर्माण व्यवसायीले राखेका माग राम्रो भएको भन्दै आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रीको भनाइ उद्धृत गर्दै महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?