मानव बेचबिखन बढ्दै

काठमाडौँ, ११ माघ – वैदेशिक रोजगारका नाममा मानव बेचबिखन बढ्दै गएको प्रति सचेत हुनुपर्ने सम्बन्धित क्षेत्रका व्यक्तिले जोड दिएका छन् जोन्ता इन्टरनेशनल, महिला विकास कानून मञ्च र युएन वुमनलगायत संस्थाले आज आयोजना गरेको ‘मावन बेचबिखन र वैदेशिक रोजगार’ विषयको अन्तरक्रियामा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले ‘मानव बेचबिखन तथा वैदेशिक रोजगारीबीच अन्तरसम्बन्ध’ विषयको कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक रोजगारसम्बन्धी ऐनकानून कार्यान्वयनमा कडाइ गर्नुपर्ने, वैदेशिक रोजगारीमा वैधानिक बाटो अपनाएर मात्र जानुपर्ने र वैदेशिक रोजगारीमा पठाउनेले झुक्याएको पाइएमा त्यसविरुद्ध कारवाही हुने कानून बन्नुपर्ने बताए श्रम तथा रोजगार उपसचिव अर्जुनप्रसाद खनालले वैदेशिक रोजगारसम्बन्धी कानून संशोधनको प्रक्रियामा रहेको जानकारी दिए सहन्यायाधिवक्ता कृष्णजीवी घिमिरेले वैदेशिक रोजगारीमा विषयगत सीप सिकेर जान सके बेचबिखनमा पर्न सक्ने सम्भावना कम भए पनि जोखिम मोलेरै जानेको सङ्ख्या हरेक दिन बढेको गएको हुँदा त्यसलाई रोक्नुपर्नेमा जोड दिए जोन्ताका अध्यक्ष सोन्जा होनिग स्कोउले जोन्ताले संयुक्त राष्ट्रसंघीय निकाय युएन वुमनसँग सहकार्य गरी नेपालमा काम गरिरहेको जानकारी दिँदै महिला आत्मनिर्भर बन्ने तथा शिक्षामा जोड दिएमा रोजगारीका क्रममा महिला बेचबिखन हुने समस्या नहुने बताइन् । सो संस्थामा विश्वभरिका ६६ देशका ३३ हजार उद्यमी महिला सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?