नक्कली काम भएपछि उपमहानगरपालिकाको यस्तो ‘एक्सन’

  • गगन अयडी

धनगढी, माग ११ –धनगढी उपमहानगरपालिकाको अदालत रोडमा निर्माण भइरहेको पक्की नालामा कमसल खालको इटा प्रयोग भइरहेको गुनासो आएपछि उपमहानगरपालिकाले तत्काललाई निर्माण कार्य रोक्न निर्देशन दिएको छ नाली निर्माणमा कमसल इटा प्रयोग भइरहेको भन्दै स्थानीयले उपमहानगरपालिकामा गुनासो गरेपछि निर्माण स्थल पुगेको वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीको टोलीले तत्काललाई निर्माण कार्य रोक्न निर्देशन दिएको हो तर, निर्माण कन्ट्रक्सनले भने कमसल खालका ईटा प्रयोग भएको बारे भने सहजै स्वीकार गर्न मानेको छैन धनगढी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले अटेरी गरे निर्माण कम्पनिलाई कालो सूचीमा राख्ने चेतावनी दिए नाली निर्माणमा कमसल खालका ईटा प्रयोग भइरहेको भन्ने गुनासो आएको भएपनि निर्माण कम्पनि भूमीराज कन्ट्रक्सनकी सञ्चालिका सुरेखा कार्कीले भने यो आरोपलाई सहजै स्वीकार गरेका छैनन् । तर, नाली निर्माण गरिरहेका मिस्त्री तथा स्थानीयहरुले भने इटा कमसल नै भएको बताएका छन् निर्धारित मितिमै सम्पन्न हुन नसकेर म्याद थप्दै निर्माण भइरहेको सडकमा निर्माण कम्पनीले अझै विवादित काम गर्दै आएको छ अहिले कमसल खालको इटा प्रयोग गरेर जनताको आ“खामा छारो हाल्ने भएको स्थानीयको आरोप छ । नाली निर्माणमा कमसल खालको इटाको प्रयोग भएको र यसले सडक टिकाउनै नहुने स्थानीय तथा अधिवक्ता बीरबहादुर जेठाराले बताए नाली र १ सय ४ मिटर लम्बाई सडक कालोपत्रेका लागि गत आर्थिक वर्ष २०७३÷७४ को बैशाखमा नै झन्डै ३५ लाखको लागतमा निर्माण गर्ने भूमिराज कन्ट्रक्सन र धनगढी उपमहानगरपालिकाबीच सम्झौता भएको थियो सुरुमा असारमा काम सम्पन्न गर्नेगरी सम्झौता भएपनि त्यो अवधीमा नसकिएपछि म्याद थपेर मंसिरसम्म काम सक्नुपर्ने सम्झौता गरिएको थियो । फेरी त्यसको समय बढाएर चैत्र मसान्तलाई तोकिएको छ । यसअघि समयमै सडक निर्माण नभएको भन्दै आक्रोशित भएका स्थानीयले अहिले समय लगाएर भएपनि गुणस्तरीय काम हुनुपर्ने माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?