२०७४, ३१ भाद्र शनिवार ०८:०९

एनआरएनएको अध्यक्षमा भवन भट्टको उमेदवारी


प्रकाशित मिति : २०७४, ३१ भाद्र शनिवार ०८:०९

काठमाडौं, ३१ भदौ ।गैरआवासिय नेपाली संघको अध्यक्षमा भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् ।राजधानीमा शनिबार पत्रकार सम्मेलन गरेर आगामी कार्यकालका लागि अध्यक्षमा उनले उम्मेदवारी घोषणा गरेका हुन् ।हाल शेष घले नेतृत्वको कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेका भट्टले आफूले एनआरएन राम्ररी बुझेको भन्दै नेतृत्व गर्ने अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।दुई कार्यकाल उपाध्यक्ष रहेका भट्ट÷सातौ विश्व सम्मेलनमा शेष घले समुहको तर्फबाट उपाध्यक्ष बनेका हुन् ।टिबिआई गु्रपका प्रमुख समेत रहेका भट्टको नेपालमा हवाई उड्यन, संचार तथा पुर्वाधार विकास निर्माणमा लगानी रहेको छ । यही असोज २८ देखि ३१ गते सम्म काठमाण्डौमा एनआएनए को आठौ विश्व सम्मेलन हुदैछ । सम्मेलनले आगामी दुई बर्षका लागि एनआरएनए को नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस