रिचार्जरमा सिनेमाको टिकट काट्दा २२० रुपैयाँ नगद फिर्ता

काठमाडौं । जनवरी २० देखि बिगसेल मेला सञ्चालक गरिरहेको मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा २२० रुपैयाँ क्यास व्याक दिने भएको छ । बिग सेल अफर अन्तर्गत रिचार्जरबाट एफक्युब सिनेमाको टिकट किने पछि २२० रुपैयाँ नगद फिर्ता गरिने भएको हो ।

त्यसै गरी रिचार्जरले नाइट फूड तथा ड्रिङ्क्स सर्भिस पनि थप गरेको छ । नाइट फूड सर्भिस तथा ड्रिङ्क्सको अर्डर रोयर इम्पायर बुटिक होटल तथा भोक लाग्यो डटकमसँगको सहकार्यमा सञ्चालन गरिएको हो ।

सेलमा २० हजार २० रुपैयाँमा अन्नपूर्ण बेस क्याम्पसम्म पुगेर अवलोकन गरी फर्किने अफर विशेष आकर्षण बनेको छ । त्यसै गरी कालिञ्चोक, हलेसी लगायत स्थानको भ्रमण प्याकेजका लागि धेरै अर्डर आएका छन् ।

रिचार्जरका नयाँ प्रयोगकर्ताहरुमध्ये एक जनालाई हरेक महिना गोलाप्रथाबाट हेलिकप्टरमा अन्नपूर्ण बेस क्याम्प ट्रिप उपलब्ध गराइने रिचार्जरले जनाएको छ ।

जतिको रिचार्ज, त्यति नै क्यास व्याक भन्ने स्लोगान सहित इ कमर्श प्लेटफर्ममा अग्रणी स्थानमा रहेर सेवादिँदै आएको रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा तिर्न सकिने व्यवस्था मिलाइएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै विभिन्न किसिमका भ्रमण प्योकजहरु सस्तो मूल्यमा उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

नेपालीलाई नेपाल घुमाउने योजना अन्तर्गत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरु किस्ताबन्दीमा उपलब्ध गराएको ग्लाईडरले बताए ।

इलेक्ट्रोनिक्स, ग्याजेट्स, टूर प्याकेजहरु किस्ता बन्दीमा उपलब्ध गराई सेवाग्राहीलाई वित्तीय भारबाट छुटकारा दिलाउने रिचार्जरको योजना छ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराइरहेको छ ।

भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरु पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनि पाउन सकिन्छ ।

यसै गरी हरेक खरिदकर्ताहरुलाई गोला प्रथाबाट विभिन्न किसिमका उपहारहरु समेत प्रदान गरिनेछ । विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तरगत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?