सिंहदरबार र दिल्ली दरबारबाट नेपाल–भारतबीचको सम्बन्ध बनाइएको होइनः राजेन्द्र महतो

काठमाडौं, ११ माघ– राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेपाल–भारत सम्बन्ध विशिष्ट भएकोले आगामी दिनमा भारतले नेपाललाई विशिष्ट सहयोग गर्नुपर्नेमा जोड दिएका छन् बिहिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने,‘हामीवीच द्धिपक्षीय सम्बन्ध जसरी विशिष्ट छ, त्यसैगरि भारतले आगामी दिनमा सहयोग पनि विशिष्ट गर्नुपर्छ।’नेपाल र भारतवीच अति नै विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै महतोले भने,‘दुई देशवीच सम्बन्ध बन्नुभन्दा अघि नै जनता जनतावीच सम्बन्ध थियो, त्यसैले हामीवीच प्राकृतिक सम्बन्ध छ, नेपाल–भारत सम्बन्ध सिंहदरबार र दिल्ली दरबारबाट बनाईएको होईन, त्यसैले हामीवीच जति राम्रो सम्बन्ध भयो, त्यति नै नेपालको प्रगति हुन्छ, विकासमा टेवा मिल्छ।’द्धिपक्षीय सम्बन्धमा धेरै समानताहरु रहेको बताउँदै उनले भने,‘शासन प्रणालीमा हामीवीच समानता छन्, तर विकासमा समानता छैन, भारत विकासमा उच्च गतिमा अघि बढेको छ, त्यसैले नेपालमा देखिएका सबै खाले समस्याहरुलाई हल गर्नुपर्छ, अधिकारको सवाल जो छ, संविधानका सवालहरु सल्टाउनुपर्छ।’ द्धिपक्षीय सम्बन्ध अति नै प्रगाढ भएको उल्लेख गर्दै महतोले भने,‘नेपाल–भारतवीच जति राम्रो सम्बन्ध हुन्छ, उति नै राम्रो विकास हुन्छ।’नेपालमा प्राकृतिक प्रचुरताहरु धेरै भएकोले यसका सही सदुपयोग गर्नतिर लाग्नुपने उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?