चीनले विहान बनाउँन शुरु गरेको अस्पताल बेलुका बनाइसकेपछि…!

काठमाडौं । चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस आतंकले अहिलेसम्ममा १०६ जनाले ज्यान गुमाएका छन् । साथै हजारौँ भन्दा धेरै व्यक्तिहरु यस रोगबाट संक्रमित छन् ।

अहिलेसम्म यो भाइरसको सङ्क्रमण नेपाल, अमेरिका, जापान, थाइल्याण्ड र फ्रान्समा देखा परेको छ । कोरोना भाइरसबाट संक्रमित भएका बिरामीका लागि चीन सरकारले आपतकालीन हस्पिटल निर्माण गरेको छ ।

चीनले यो अस्पताल विहान बनाउँन शुरु गरेर बेलुका निर्माण कार्य सम्पन्न गरेको थियो ।

जनताको स्वास्थका निम्ति चिनियाँ राष्ट्रपति सि जिनफिङ्को निर्देशनमा उक्त हस्पिटल चमत्कारिक रुपमा एक दिनमा निर्माण गरिएको हो। यसैले चीनलाई चमत्कारी देशका रुपमा चिन्ने गरिन्छ ।

तीव्ररुपमा फैलिरहेको भाइरसका कारण तीन हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । भाइरसको प्रकोपलाई रोक्न चीनियाँ नयाँ वर्षको सार्वजनिक बिदा पनि तीन दिन पछाडि सारिएको छ ।

साथै चीनको हुबेईस्थित वुहान शहरमा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमवारसम्म हुबेई प्रान्तमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ देखि ७६ को बीचमा रहेको छ भने चार जनाको अन्य ठाउँमा मृत्यु भएको छ ।

चीनमा मात्रै कोरोना भाइरसको दुई हजार सात सयभन्दा बढी घटना सार्वजनिक भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार तीन सयभन्दा बढी गम्भीर बिरामीहरु रहेका छन् ।

५० लाख बढी चिकित्सा कर्मचारी हुबेई प्रान्तमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा सामेल भएका छन् ।

कम्तीमा दुई हजार शैय्या क्षमताको नयाँ दुई वटा अस्पताल बनाइँदै छ भने कारखानाहरु मास्क र सुरक्षात्मक कपडा बनाउँनका लागि जुटेका छन् ।

यसैबीच फ्रान्सका स्वास्थ्य मन्त्री एग्नेस बुजिनले चीन सरकारसँग भएको सम्झौतापछि यही हप्ताभित्र फ्रान्सेली नागरिकलाई हवाई जहाजको माध्यमबाट फ्रान्स ल्याउने तयारी भइरहेको बताए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?