२०७८,जेष्ठ,१,शनिवार

संसारकै विषालु वनस्पति, छोए जान सक्छ ज्यान !


काठमाडौं । मानिसहरु घरको छतमा बिभिन्न प्रजातीका वनस्पतिहरु लगाउँने गर्छन् । वनस्पतिले पर्यावरण स्वच्छ र सफा राख्छ । वनस्पतिबाट अक्सिजन प्राप्त हुन्छ ।

तर के तपाईलाई वनस्पतिलाई छुँदा मात्र पनि मानिसको मृत्यु हुने कुरा थाहा छ ? यदि छैन भने हामी जानकारी दिनेँछौ । यो वनस्पतिको नाम हो होगविजा अर्थात् किलर ट्री ।

यसको वैज्ञानिक नाम हेरकिलम मेन्डाजिएनम हो । यो रुख ब्रिटेनको लंका शायर नदीको किनारमा पाइन्छ । यो वनस्पति एकदमै खतरनाक हुन्छ ।

यो वनस्पति १४ फिट लामो हुन्छ । यो वनस्पतिलाई छोएको ४८ घण्टामा मानिसको मृत्यु हुने वैज्ञानिकहरुले बताएका छन् । यो वनस्पति देख्दा एकदमै राम्रो र आकर्षक देखिन्छ ।

तर यो वनस्पति भित्र सेन्स आइजिन्ग फुरानोक्यामारिन्सको रसायन हुन्छ । यो रुख यति आकर्षण हुन्छ कि मानिसहरु आफै रुख नजिक जाने गर्छन् ।

वैज्ञानिकहरुका अनुसार यो वनस्पति एउटा सर्पको विष भन्दा बिषालु हुन्छ । यो वनस्पति मानिसहरुले गल्तीे छोयो भने पनि केहि समयपछि तपाईका शरीरका छाला जल्न थालेको महशुस हुन्छ ।

डाक्टरहरुका अनुसार यो वनस्पतिलाई छुँदा मानिसको आँखाको रोशनी पनि जान सक्ने खतरा हुन्छ । अहिले सम्म यसको औषधी बन्न सकेको छैन ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति: २०७६,माघ,१५,बुधबार ०७:२५


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । भारतको कर्नाटकी एक ७३ वर्षीया महिलाले आफ्नो विवाहका लागि दुलाहा खोज्दै विज्ञापन छपाएकी छन् । ७३ वर्षीया अवकाशप्राप्त शिक्षक

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा एउटा ‘भिडियो क्लिप्स’ भाइरल भइरहेको छ । यो भिडियो हेर्दा तपाईको हाँसो रोकिँदैन ।

काठमाडौं । विवाहमा राम्रो लुगा लागाउने, गहना लगाउने चलन पहिले देखी नै रहँदै आएको छ । नयाँ लुगा लगाउने, गहना

काठमाडौं । कोरोना कहरका कारण अहिले सारा विश्वनै आक्रान्त छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना १५ करोड ७५ लाख ६८

कुहिने फोहोरबाट मल उत्पादन
 २०७८,जेष्ठ,१,शनिवार १०:४७
अट्टाहस-५
 २०७८,जेष्ठ,१,शनिवार १०:३२