मोदीले दुई पटकसम्म ओलीलाई फोन किन गरे ?

काठमाडौं, ११ माघ – नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारत सरकार नेपालमा अब बन्ने सरकारलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको स्पष्ट पारेका छन् बिहिबार भारतको ६९ औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजित विशेष साक्षात्कारमा बोल्दै राजदुत पुरीले भने,‘नेपाल–भारत सम्बन्ध सुमधुर छ, विशिष्ट छ, द्धिपक्षीय सम्बन्ध भनेको सहकार्य र उन्नतीको स्थायी मित्रता हो।’ द्धिपक्षीय सम्बन्ध अति नै विशिष्ट भएकोले नेपालमा अब बन्ने सरकारलाई भारतको पूर्ण सहयोग र समर्थन रहने उनको विश्वास थियोराजदुत पुरीले भने,‘भारत नेपालमा अब बन्ने नयाँ सरकारसँग सुमधुर र प्रगाढ सम्बन्ध राखेर जान चाहन्छ, यसको संकेत हाम्रो प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वाद गरेर देखाईसक्नुभएको छ, आगामी दिनमा द्धिपक्षीय सम्बन्ध अझ प्रगाढ हुन्छ, नेपालमा निर्वाचन सम्पन्न भएपछि हाम्रो प्रधानमन्त्रीले नेपालका तीनै दलका शीर्ष नेताहरुसँग टेलिफोनमा वार्ता गर्नुभएको थियो, तर यो वीचमा उहाँले दोहोर्याएर एमाले अध्यक्ष ओलीसँग टेलिफोनमा सम्वाद गर्नुभयो, यो पनि विशिष्ट सम्बन्धको संकेत हो।’नेपालमा हालै जारी भएको बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको लागि यो निर्वाचन महत्वपूर्ण खुड्किलो भएको उनको भनाई थियो उनले भने,‘यही सन्दर्भमा हाम्रो प्रधानमन्त्री मोदीजीले नेपालका राजनीतिक दलका नेताहरुलाई फोन गरेर नै बधाई तथा शुभकामना दिनुभएको हो, अब आगामी दिनमा पनि भारत नेपालमा बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न ईच्छुक छ।’ आगामी दिनमा द्धिपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउनको लागि दुवै तर्फबाट सहकायलाई निरन्तरता दिनुपर्ने उनको भनाई थियो राजदुत पुरीले नेपाल–भारत सम्बन्धलाई मित्रवत छिमेकीको रुपमा चित्रण समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?