वर्षालाई लिएर ‘रानीमहल’ निर्माण हुने

काठमाडौं, ११ माघ –  चलचित्र ‘रानीमहल’ निर्माण हुने भएको छ । निर्माण टिमले बिहीवार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरी चलचित्र निर्माणको घोषणासँगै फिल्मको शुभ मुहूर्त समेत गरियो डेढ करोड लगानीमा निर्माण हुन लागेको चलचित्र ‘रानीमहल’ को स्किृप्ट दीपक पौडेलले लेखेका हुन् । कार्यक्रममा बोल्दै उनले चलचित्रमार्फत मायाको पृथक परिभाषा दिन खोजेको बताए चलचित्रमा वर्षा शिवाकोटी, आशिष अधिकारी, नीर शाह, रश्मी भट्ट, साहिल श्रेष्ठ, मानस्वी खरेल, भोला शाह, गणेश पौडेल, अनामिका लामिछाने, उमा बेब लगायतका कलाकारको अभिनय रहनेछ स्वस्तिक फिल्मसको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई निरज कँडेलले छायांकन गर्नेछन् । चलचित्रमा विमल भुसालको लगानी छ रामजी लामिछाने र कविराज गहतराजले कोरियाग्राफी गर्ने चलचित्रमा विनोद खतिवडा र दिलिप भण्डारीले मुख्य सहायक निर्देशनको भूमिका निभाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?