कुकुरले पासपोर्ट च्यातेर बाँच्यो मालिक्नीको ज्यान…

काठमाडौं । जे हुन्छ राम्रैका लागि हुन्छ भन्ने हाम्रो पुरानो भनाई छ । यस्तै घटना एक महिलासँग मेल खाएको छ । ति महिला चीनको यात्रामा निस्कनै लागेकी थिइन् ।

तर महिलाले जानेबेला आफ्नो पासपोर्ट लिन गइन् तब महिलाको पासपोर्ट घरमा पालेको कुकुरले धमाधम च्यातिरहेको देखिन् । पासपोर्ट च्यातिएकै कारण ति महिलाले आफ्नो यात्रा रद्ध गरिन् ।

अहिले चीनमा कोरोना भाइरस फैलिरहेको छ । त्यसैले मानिसहरु चीनको यात्रा गर्न मानिरहेका छैनन् । चीनमा कोरोना भाइरसको लक्षण देखिनु भन्दा केहि दिन अगाडि मात्र कुकुरले उनको पासपोर्ट च्यातिदिएको थियो ।

उनले जब कोरोना भाइरस चीनमा भएको खबर पाइन् तब उनले आफ्नो च्यातिएको पासपोर्ट देखाउँदै फेसबुकबाट कुकुरलाई धन्यावाद दिएकी छिन् ।

उनले फेसबुकमा कुकुरले पासपोर्ट च्यात्दै गरेको फोटो सार्वजनिक गर्दै लेखिन् “एकपटक मेरो ज्यान बँचाएको मेरो बच्चीलाई धन्यवाद दिन चाहान्छु,तिमीलाई मैले आफ्नो जीवनमा पाएर म कति भाग्यशाली भएकी छु त्यो मलाई मात्र थाहा छ ।”

उनले पासपोर्ट च्यातिएको केहि दिन पछाडि चीनमा कोरोना भाइरस फैलिएको बताएकी छिन् । उनले आफू वुहान जान लागेको र कुकुरले पासपोर्ट च्यातिदिँदा जान नपाएको बताएकी छिन् ।

तर वुहानमा अहिले कोरोना भाइरसका कारण मानिसको आवतजावतमा रोक लगाइएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?