विपन्न ५५ परिवारलाई ग्याँस चुलो वितरण

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले विपन्न अवस्थाका ५५ परिवारलाई ग्याँस चुलो वितरण गरेको छ । गाउँपालिका–५ का विपन्न अवस्थमा रहेका परिवारको छनोट गरी खाना बनाउने ग्याँस चुलो वितरण गरिएको हो ।

वडा कार्यालयबाट विनियोजित रु एक लाख बढी रकम खर्चेर विपन्न परिवारलाई सोमबार ग्याँस चुलो वितरण गरिएको वडाध्यक्ष कृष्णबहादुर रोकायाले बताए।

ग्याँस चुलो वितरण गर्दै गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले विपन्न परिवारलाई गाउँपालिकाले सीपमूलक तालीम प्रदान गरी स्वरोजगार बनाउनका लागि कार्यक्रम अघि सारेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?