शुरु भयो लेखनाथ महोत्सव

पोखरा, ११ माघ – पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकोनाक तालचोकमा आजदेखि प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव शुरु भएको छ ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि”भन्ने मूल नाराका लेखनाथ उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा शुरु भई यही माघ २२ गतेसम्म चल्ने महोत्सवमा कृषि, हस्तकला, यन्त्र, वित्तीय सङ्घसंस्था, मोटर, कपडा, दुग्धलगायत ३५० कक्ष राखिएको छ औद्योगिक उत्पादन, घरेलु तथा साना उद्योग र हस्तकलाका वस्तुको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको बजारीकरण गर्ने उद्देश्य रहेको महोत्सवको आकर्षणमा बालोद्यान, खाना उत्सव, साङ्गीतिक, राष्ट्रिय लोकदोहारी र रीतिरिवाज झल्कने साँस्कृतिक कार्यक्रम, शैक्षिक गतिविधिको प्रस्तुति, विद्यालयका छात्रछात्राको नृत्य र गायन आदि कार्यक्रम छन् प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य खगराज अधिकारीले महोत्सवको आज उद्घाटन गर्दै लेखनाथ नगरपालिकामा प्रादेशिक सभाकक्ष बनाउन आपूmले प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?