सानेपाको लफडा के हो ? फेरि भयो झडप

काठमाडौ । सानेपामा नेपाल विद्यार्थी संघबीच आपसमै झपड भएको छ । नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता आपसमै भिडेका हुन् ।

सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने कार्यकर्ताबीच झडप भएको हो ।

दिउँसो पनि दुई पक्षबीच झडप भएकोमा केन्द्रीय समिति बैठक सुरु हुँदै गर्दा फेरि झडप भएको हो ।

झडपमा दर्जन बढी कार्यकर्ता घाइते घाइते भएका छन् । बैठकमा सहभागिथ हुन पुगेका नेताहरुको गाडिमासमेत तोडफोड भएको छ ।

कांग्रेस कार्यालय परिसरमा दुई पक्षीय कार्यकर्ता आपसमा मुक्कामुक्की र ढुंगाहानाहानमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?