टिकट चेकरले जरिबाना स्वरुप टिकट नकाट्नेसँग उठाए २ करोड ४१ लाख

काठमाडौं । यदि तपाईले पनि ट्रेनमा बिना टिकट यात्रा गर्नु भएको छ भने टिकट चेकर (टिटी)सँग तपाईको पनि लफडा परेको होला ।

साथै तपाईले आफू जरिवानाबाट बँच्न बिरामी भएको पनि नाटक गर्नु भएको होला वा अन्य कुनै बाहाना ।

तर रेल्वेका एक टिकट चेकर गलान्डेले २२ हजार ६ सय ८० बिना टिकट यात्रा गरिरहेका यात्रुहरुबाट २ करोड ४१ लाख ६० हजार रुपैयाँ कारवाहिस्वरुप उठाएका छन् ।

एसबी गलान्डे सेन्ट्रल रेल्वे फ्लाइंग स्क्वाडमा काम गर्छन् । गलान्डे दिनमा १२ १३ घण्टा रेलमा बितउँथे । यो घटना भारतको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?