कोरोना भाइरस : नेपालमा अर्का एक जनामा भेटियो

काठमाडौं । कोरोना भाइरस संक्रमणको आशंकामा उपचाररत २ जनामध्ये एक जनामा संक्रमण भएको पुष्टि भएको छ ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनीहरु मध्ये एक जनामा उक्त भाइरस भेटिएको अस्पताल स्रोतले जनाएको छ ।

भाइरसको शंकामा स्याम्पल परीक्षणका लागि हङकङ पठाइएको थियो । यसअघि एकजनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।

परिक्षका लागि हङकङ पठाइएको स्याम्पल रिपोर्टमा नोबेल कोरोना भाइरस देखिएको अस्पतालले जनाएको छ। योसहित नेपालमा २ जनामा सो भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?