रसुवागढी नाकाबाट अढाई किलो सुनसहित ६ जना पक्राउ

काठमाडौं । रसुवागढी नाकाबाट काठमाडौं आउँदै गरेको गाडीमा अढाई किलो सुन प्रहरीले बरामत गरेको छ ।

रसुवाको टिमुरेबाट उक्त परिणामको सुनसहित ६ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

ना १ झ ३५४२ नम्बरको गाडीबाट सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी–५ का ३४ वर्षीय नवाङ नुर्पु तामाङ, २४ वर्षीय ग्याल्जेन शर्पा, २३ वर्षीय शुक्पा लामा, ३२ वर्षीय सुवास तामाङ, १९ साँङ शेर्पा र सवारी चालक दोलखाको तामाकोशी–५ का २३ वर्षीय कुलनारायण श्रेष्ठ लाई पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?