विश्वकै सबैभन्दा मोटा बच्चाको ३ वर्षमा फेरिएको लुक्स

काठमाडौं । मोटोपनबाट छुट्करा पाउँन धेरै मुश्किल छ । यो कुरा विश्वका सबैभन्दा मोटो बच्चालाई देखेर बुझ्न सकिन्छ । अहिलेसम्म यो रेकर्ड इन्डोनेशियाका आर्या परमानाको नाममा रहेको छ ।

उनको तौल १ सय ९३ किलोग्राम थियो । त्यो समयमा उनको उमेर १० वर्षको थियो । तर वर्ष २०१७ मा आर्याले आफ्नो शारीरिक बनावट र तौल घटाएका छन् ।

अहिले उनको दुब्लो फोटो सार्वजनिक भएको छ । एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार आर्या १० वर्षको हुँदा देखि नै उनले आफ्नो तौल कम गर्नको लागि धेरै मिहेनत गरेका थिए ।

साथै मासु घटाउनको लागि उनले सर्जरी पनि गराए । तर अहिले पनि उनको हात तथा छातीको छाला जमिरहेको छ । आर्याका पिताले भने अनुसार तौल कम भएका कारण आर्या सहज तरिकाले खेल्न र दौडिन सक्छन् ।

आर्याले तौल घटाउनको लागि सन्तुलित भोजन र एक्सरसाइज गरेका थिए । उनको शररमा चाउरीएको छाला निकाल्न अझै दुई तीन पटक सर्जरी गर्नुपर्ने उनका पिताले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?