एनआईसी एशियासहित ४ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक

काठमाडौं । विभिन्न ४ बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यसरी सम्पती विवरण सार्वजनिक गर्नेमा एन आईसी एशिया , सिद्धार्थ बैंक, सिटिजन्स तथा सानिमा बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका हुन । त्यी मध्ये एनआईसी तथा सानिमा बैंकले नाफा कमाएको छ । भने सिद्धार्थ तथा सिटिजन्स बैंकले नाफा कमाउन सकेका छैनन् ।

चालू आर्थिक वर्षको यस अवधीमा एनआईसी एशियाले पुष मसान्तसम्ममा २ अर्ब १ करोड ६२ लाख खुद नाफा कमाएको छ । गत आवको यही अवधीमा बैंकको नाफा १ अर्ब ५१ करोड १४ लाख खुद नाफा रहेको थियो । भने अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३३ दशमलव ३९ प्रतिशतले नाफा बढाएको हो  ।

त्यस्तै सानिमा बैंकले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा बढाउन सफल भएको छ । सानिमाले चालू आवको उक्त अबधीमा १६ दशमलव ८३ प्रतिशतले नाफा बढाएको छ ।  बैंकले् गत आर्थिक वर्षको यहि अवधीमा ९८ करोड २० लाख ८६ हजार खुद नाफा कमाएको थियो । भने चालू आवको पुस मसान्तसम्ममा बैंकले १ अर्ब १४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।

तर चालू आवको यस अवधीमा वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये सिटिजन्स तथा सिद्धार्थ बैंकले भने यथेस्ट नाफा कमाउन सकेका छैनन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा भने २ बैंकले नोक्सान बेहोरेका छन् । जस अनुसार सिटिजन्स बैंकले १० दशमलव ७२ प्रतिशतले नाफा कम भएको छ । अघिल्लो आवको यही अवधीमा बैंकको खुद नाफा ७७ करोड ३ लाख रहेको थियो । भने चालू आवमा भने बैंकको नाफा ६८ करोड ७७ लाख रुपैँया मात्र खुद नाफा कमाएको छ ।

त्यस्तै सिद्धार्थ बैंकले पनि अघिल्लो आर्थिक वर्षको तुलनामा नाफा घटाएको छ । बैंकले चालू आवको दोस्रो त्रैमासमा १ अर्ब २ करोड ६५ लाख नाफा कमाएको छ । त्यस्तै गत आर्थिक वर्षको सोही अवधीमा भने बैंकले १ अर्ब ६ करोड नाफा कमाएको थियो । जस अनुसार बैंकको नाफामा ४ दशमलव १ प्रतिशतले कमि आएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट क वर्गको मान्यता पाएका वाणिज्य बैंकहरु २७ वटा रहेका छन् । जसमध्ये हालसम्म ४ बैंकले मात्र आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । भने अन्य २३ बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?