स्कटल्याण्डको राजधानी एडिनबर्ग सँग जोडिएको डरलाग्दो रहस्य…!

काठमाडौं । स्कटल्याण्डको राजधानी एडिनबर्ग त सबैलाई थाहा होला तर एडिनबर्ग शहरसँग जोडिएको डरलाग्दो रहस्यको बारेमा कमैलाई मात्र थाहा होला ।

एडिनवर्गको इतिहासले आज शहर डरलाग्दो शहरहरु मध्येमा आउँछ । यो शहरको इतिहास रगतले लतपतिएको छ । एडिनबर्गमा धेरै पटक भीषण युद्ध भएको थियो ।

त्यसमा हजारौँ मानिसहरुको ज्यान पनि गएको थियो । एक समयमा त्यहाँ अन्धविश्वास मात्रै थियो । त्यसैले त्यहाँ जिउँदो मानिसलाई पनि जलाइएको थियो साथै कसैलाई रहस्यमयी तरिकाले मारिएको थियो ।

एडिनबर्गको पुरानो शहरको बारेमा अझैपनि मानिसहरु भूतको कथा सुनाउँछन् । ओल्ड रिकी र ओल्ड स्मोकी नामबाट चर्चित भूतको यो कहानी लेखकहरुले कितावमा पनि उतारेका छन् ।

केहि लेखकहरुले शहरको हावामा नै केहि त्यस्तै कुरा भएको र त्यसले फरक शक्ति दिने कुरा उनीहरुले आफ्नो पुस्तकमा लेखेका छन् ।

किंवदन्तीका अनुसार त्यहाँ भूतात्मा भड्किरहन्छ । किंवदन्तीका अनुसार त्यहाँ एडवोटेकको आत्मा रहेको छ । एड्बोटेकको त्यहाँ मूर्ती पनि बनाइएको छ ।

एकपटक कसैले त्यो मूर्ती भत्काउँन खोजेको थियो तर एड्बोटेकको आत्माले त्यो व्यक्तिलाई पिटेर मारेको किंवदन्ती छ । त्यसैले गर्दा मानिसहरु त्यहाँ आत्मा रहेको बताउँने गर्छन् ।

तर आज यो शहरको मुहार एकदमै फरक छ । आजको समयमा एडिनबर्ग सायदै विश्वको त्यस्तो शहर होला जहाँ सधैँ खुसीयालीको माहोल छाउँछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?