सानेपामा नेविसंघका विद्यार्थीबीच झडप, दुईजना घाइते

काठमाडौं । नेपाल विद्यार्थी संघका विद्यार्थीबीच झडप भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको हो । झडपमा दुईजना विद्यार्थी घाइते भएका छन् ।

आज पार्टीको केन्द्रीय समितिको बैठक थियो । सोहि बैठकमा सभापति शेरबहादुर देउवा कार्यालय पुग्ने वितिकै झडक भएको हो । संस्थापन पक्षका र इतरपक्षका बिद्यार्थीबीच झडप भएको बुझिएको छ । संस्थापन इतर पक्षले सदस्य बन्न ३२ वर्ष भन्दा मुनिनै कायम हुनुपर्ने भन्दै विरोध जनाएका छन् ।

नेविसंघको २०७५ मा भएको सातौं संसोधन अनुसार अघि बढ्नु पर्ने र विद्यान विपरित राजीव ढुंगानालाइ नेविसंघको सभापति बनाइनु नहुने भन्दै विरोध जनाएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?