२०७४, ११ माघ बिहीवार १८:२१

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए भारतलाई बधाई


प्रकाशित मिति : २०७४, ११ माघ बिहीवार १८:२१

काठमाडौँ, ११ माघ – राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आफ्ना समकक्षीमा हार्दिक बधाई प्रकट गर्दै शुभकामना व्यक्त गर्नुभएको छ राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द, उपराष्ट्रपति नन्दबहादुर पुनले भारतका उपराष्ट्रपति बैंकया नायडू र प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको हो राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री देउवाले पठाउनुभएको बधाई सन्देशमा आफ्ना समकक्षीको सुस्वास्थ्यका साथै भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ । उहाँहरुले नेपाल र भारतबीचको सम्बन्ध भविष्यमा अझ सुदृढ हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस