मृगौलियामा सनराइज बैंकको ४७औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो बैंकिङ्ग सेवा विस्तारको क्रममा नयाँ शाखा कार्यालय स्थापना गरेको छ ।यसै क्रममा बैंकले मोरङ्गको मृगौलियामा ४७ औं शाखारहित बैंकिङ्ग सेवाको सञ्चालन गरेको हो । उक्त सेवाको शुरुवात मोरङको सुन्दरहरैचा नगरपालिकाका वडा नं २ का वडा अध्यक्ष दोरी लाल चौधरी तथा सुन्दरहरैचा नगरपालिका सदस्य राम लाल गछधारले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकले उक्त सेवाको प्रतिनिधिको रुपमा देव नारायण चौधरीलाई छनोट गरेको छ । त्यसैअनुसार बैंकले पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे शाखारहित बैंकिङ्ग सेवा संचालन भएको बैंकले जनाएको छ ।

बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने छ । बैंकका अनुसार उक्त सेवाबाट ग्राहकहरुले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

दुर्गम तथा ग्रामीण भूभागमा बैंकिङ्ग सेवा विस्तार गर्दै बैंकले १३० वटा शाखा मार्फत बैंकले सेवा प्रदान गरिरहेको छ । भने ४७ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा एटिएम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?