कम्बोडियाको हिरो मुसा…!

काठमाडौं । मुसाको नाम सुन्ने बित्तिकै हामीलाई त्यसले गर्ने बिगारको याद आउँछ । तर कम्बोडिायामा अहिले मुसा नै त्यहाँका मानिसहरुका लागि हिरो बनेको छ ।

उक्त मुसाले १७० बारुदी सुरुङ्ग खोजेर त्यसलाई नष्ट गरिदिएको छ । त्यहाँ रहेका हजारौँ मानिसहरुलाई  मुसाले बारुदी सुरुङ्ग नष्ट पारेर बँचाएको हो । तर यो मुसा साधारण मुसा भने होइन, यो मुसालाई प्रशिक्षित गरिएको थियो ।

यो मुसालाई एन्टी पर्सनल ल्याण्डमाइन्स डिटेक्शन डेभलोपमेन्ट नामक संस्थाले प्रशिक्षण दिन्छ । यसले मुसालाई बारुदी सुरुङ्ग खोज्न र त्यसलाई नष्ट पार्ने खालको प्रशिक्षण दिन्छ ।

एउटा मुसालाई एक महिना प्रशिक्षण गरेको संसथाले ७ सय रुपैयाँ लिने गर्छ । संस्थाले एक दिनमा जम्मा आधा घण्टाको मात्र प्रशिक्षण दिन्छ ।

संस्थाका अनुसार मुसाले १७० वटा बारुदी सुरुङ्ग खोजर त्यसलाई नष्ट पारी त्यहाँ रहेका हजारौँ मानिसहरुलाई बँचाएको हो ।

मुसाले कम्बोडियाको सिएम प्रान्तस्थित त्रापियांग क्रासाव गाउँमा ७ लाख ८८ हजार २ सय ५७ वर्ग मीटर जमिनका बारुदी सुरुङ्ग नष्ट गरेको छ ।

कम्बोडियामा मात्र होइन यस अगाडि पनि मुसाले बारुदी सुरुङ्ग खोजेर नष्ट गर्दै अंगोला, जिम्बाबे र कोलम्बियाका मानिसहरुलाई बँचाईसकेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?