यो उपचार कि बलात्कार ?

कविता….

म ललितपुर बस्ने वर्ष ३२ कि
एउटि अबिवाहित नारी
दम र थरथर खुट्टा काप्ने रोगका कारण
म डाक्टर कहाँ आए ।

उस्ले मलाइ
लामो अन्तरसम्म दवाइ चलाइरह्यो
मैले निरन्तर ओखती खाइरहे
तर मेरो रोग निको भएन
यसैले म फेरि अस्पताल आए
तर कालन्तरसम्म पनि
मेरो बिराम निर्मुल भएन
मलाइ कुनै आराम मिलेन ।

एकदिन अचानक मैले बजारमा सुने कि
चर्चमा गएर प्रार्थना गर्दा
हर रोगको निधान हुन्छ
क्यान्सर पनि निको हुन्छ
हर समस्याको समधान हुन्छ
सहरमा मेरो भेट एउटा हँसिलो पास्टरसङ्ग भयो
र उस्कै सल्लाह अनुसार म हरेक शनिबार चर्चमा आउथे

बारम्बार पर्मेश्वरसङ्ग
उपचारको लागि पुकार गरिरहन्थे।

उस्कै आधारमा म हरेक शनिवार
बढो हर्ष उल्लासका साथ चर्च आइरहन्थे
र हजार पटक उपचारको लागि
पुकार गरिरह्न्थे
म लगातार चर्च आइरहन्थे ।

किनकी ,
मलाइ त्यो चर्चको पास्टरले भनेको थियो,
तिमिले पुर्वजन्ममा गरेको पापको परिणाम
ऐले भोग्दैछौ
र यो रोग उहाँले दिनुभएको तिम्रो पापको सजाय हो
र एकदिन उस्ले मलाइ यो पनि भन्यो कि

(मैले प्रार्थना गरिरहदा प्रमेश्वर आएर
उस्ले कसैसङ्ग यौन सम्पर्क राखेमा
उस्को पापमोचन हुने
र स्वत उस्को रोग निर्मुल हुने भनेर
उहाले बताउनु भएको छ
मैले यसैले तिमिलाइ ऐले यो कुरा सुनाएको हुँ
तिमीले अब
मसङ्ग शारिरिक सम्बन्ध राख्न जरुरी छ

एकदिन मलाइ एउटा नयाँ नम्बरबाट फोन आयो
नभन्दै आइतबार उस्ले मलाइ कुसुन्टि गेस्ट हाउसमा बोलायो
रहर थिएन मलाइ
त्यो पास्टर सङ्ग अवैध सम्बन्ध राख्ने
तर के गर्नु
मलाइ जर्जर समस्याले सताएको थियो
मेरा आँखाका नजरहरुबाट
बर्वर आसुहरु आए
म थर्थर कापिरहेकी थिए ।

कहरले म त्यो बेस्यालय जस्तो घरमा गए
उस्ले झ्यालढोका र दरवाजाहरु सबै बन्द गर्यो
रहर थिएन मलाइ
तर पनि करले मैले बदर गर्न सकिन
त्यसैले मैले त्यो पास्टरसङ्ग सम्बन्ध राखे
किन कि म अन्धभक्त मलाइ बिश्वास थियो
मलाइ आस थियो कि
अब उहाँको कृपालु उपचारले
मलाइ चाडै नै निको हुदैछ
र अब सधाको लागि म उन्मुक्त हुँदैछु
म आजाद हुँदैछु
उस्ले प्रकाश निभायो
बढो हर्सित हुँदै
र मैले पनि अन्धकारमा
आफ्नु अन्तर आत्मा उसैलाइ समाहित गरेर
अनि एक साथ समर्पित भयौ
त्यसरात हामीहरु।

बारम्बार उ मलाइ त्यसरी नै,
त्यही दरवारको अन्धकारमा बोलाइरहन्थ्यो
र म सङ्ग मेरो शरीर मागिरहन्थ्यो
म उस्लाइ के गरेको भनेर सोधिरहन्थे

हे ! नकराउन तिम्रो उपचार गरेको हुँ भन्थ्यो।

कस्तो भास्टर्ड रहेछ त्यो पास्टर
तर डाक्टर
मेरो रोग आजसम्म पनि निको भएन
बरु उल्टै म रोगी भए
म दुखीत भए
जब म केही वर्षपछि अस्पताल गए
म झन पीडित भएर
घर फर्किएर रोए र रोइरहे

किनकि
परिक्षणपछि अर्को पनि रोग पत्ता लाग्यो
र त्यो
HIV AIDS थियो।

मलाइ इन्साफ दिनुहोस
इन्सपेक्टर साब म अन्तिम पटक यहाँ आएको हुँ
र म निर्दोष छु
र त्यो पास्टर गद्दार हो
उपचारको आश्वासन देखाएर
चार वर्षसम्म लगातार उस्ले मलाइ
बलात्कार गरिरह्यो ।

धर्मको नाम लिएर देहब्यहपार गर्ने विवस तुल्याउने
त्यो गद्दारलाई हद भन्दा हद सजाय होस्
सरकार
र कारागारमा जिन्दगीभर त्यो गद्दार
सजायको भागिदार होस्

यदि उ भोलि यो सन्सारमा
आजाद खुलेयाम हिडिरहने हो भने
याद राख्नुहोस सरकार
भबिस्यमा यो देशमा,
एउटै नारिहरु रहने छैनन
र रहेका नारीहरु जीवनभर अपवित्र भएर बाचिरहेका हुनेछन ।

म यो ठोकुवा गरेर भन्न सक्छु
उस्लाइ समाउनुहोस सरकार
म निर्दोष छु मलाइ बचाउनुहोस।

मैले त्यो अन्धकार कोठामा उस्को प्रस्ताव बहिस्कार गरेर
उस्लाइ प्रतिकार गरेकै हुँ
उस्को कुरा इन्कार गरेकै हुँ
तर
म लज्जित लज्जित
म पीडित र रोगले कुण्ठित थिए
बिरामले ग्रसित थिए
र उपचारको बहानामा
उस्ले मलाइ अन्धकारमा बोलाएको हो
र अखङ्ख्य अभिलाषा र असन्तृप्त सपनाहरुको आसामा
म त्यो जङ्गलि बाघको पासामा परेको हुँ महदोय।

मलाइ एउटा अपरिचित मान्छेसङ्ग यौन सम्पर्क राख्न के को जरुरत ?
मेरो बिगत हेर्नुहोस् मदोदय
यदि,परिवारमा
समाजमा मेरो बिचारमा
यदि एउटा पनि खोट भेटिएछ भने नै पनि,
निश्चय
कारागारमा
म यो सजायको भागिदार हुन तयार रहनेछु महोदय।

म आज आँखाहरु उठाएर
म यो न्यायालयमा आएर
लाज नमानी भन्न सक्छु महोदय
कि, उपचारको बहानामा अन्धकारमा ल्याएर
उस्ले झुक्याएर मलाइ बलात्कार नै गरेको हो

कारागारमा
त्यो गद्दार
जिन्दगीभर सजायको भागिदार होस् ।

किनकी
अन्धकारमा उसङ्ग अवैध सम्बन्ध राख्ने
मेरो कुनै बिचार नै थिएन ।

आदालतमा गीतामाथि हात राखेर
व्यक्तिगत स्वार्थभन्दा म माथी रहेर
नेपाल आमाको इज्जतको कसमा खाएर
यहि प्रमाणको आधारमा
म सत्य कुरा भन्दैछु सरकार !

त्यसले मलाइ
जबरजस्ती बलात्कार नै गरेको हो
र भोलि बजारमा त्यसै छाडा छोडियो भने
त्यस्ले धर्मको नाममा
दिन दहाडै अरु अत्यचार गर्दै हिडिरहनेछ
र भोलि सबै नारीहरु बलात्कृत हुनेछन
चर्चका यशु कृस्ट पनि अपबित्र हुनेछ्न
र बाँचीरहेका चेलिहरु मृत भएर सकिनेछन ।

किनकी, मलाइ थहा छ
एकदिन गोर्खामा पनि उसङ्ग कै सम्बन्धका कारण
उस्को आफ्नै सालीले आत्महत्या गर्नु परेको थियो ।
अफसोच ,यसपाली मैले गर्न सकिन ।

म सुनिरहे र चकित भएर हेरिरहे एकछिन
प्रहरी चौकि आएर एउटि पीडित नारी
बताएर आज आफ्नु उजुरी यसरी नै लेखाइरहिथिन ।

लेखक
सुजन बुढाथोकी ‘कान्छा’
मोरङ्ग
नागरिक दैनिकमा प्रकाशित समचारको आधारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?