‘बैतडीमा छाउगोठ छैन’

लोकपथ संवाददाता
0
Shares
5fpuf]7 eTsfpFb} b}n]v, @# k’; M lhNnf k|zf;g sfof{no / lhNnf k|x/L sfof{no b}n]vn] lhNnfsf klZrd If]qdf /x]sf (# j6f 5fpuf]7 eTsfpFb} . b}n]vsf] klZrddf hl6n ;d:ofsf ?kdf /x]sf] 5fp k|yfnfO{ lg?T;flxt ug{ ;/sf/n] 5fpuf]7 x6fpg yfn]sf] xf] . t:jL/ M g/axfb’/ l/hfn÷/f;;

बैतडी । जिल्ला प्रशासन कार्यालयले जिल्लामा छाउगोठ नरहेको जनाएको छ । गृह मन्त्रालयले गत पुस ८ गते छाउगोठ भत्काउन निर्देशन दिएपश्चात प्रशासनले तयार पारेको रिपोर्टमा छाउगोठ नरहेको पाइएको हो ।

प्रशासन कार्यालयले प्रहरी युनिट, स्थानीय तह र सरोकारवालासँगको छलफलबाट छाउगोठ नरहेको पाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । निर्देनशनपश्चात छाउगोठ रहेनरहेका बारे तथ्याङ्क सङ्कलन गर्न सबै स्थानीय तह र सबै प्रहरी युनिटलाई पत्राचार गरिएको थियो ।

छाउ बार्ने चलन कायमै

जिल्लामा छाउगोठ नरहेको भए पनि महिनावारी भएका बेला अलग्गै बस्ने तथा छाउ बार्ने चलन कायमै रहेको छ । यसका साथै महिनावारीका बेला दूध दहीसमेत खान नहुने कुप्रथा छ ।

किशोरीले पनि महिनावारीका बेला विद्यालय नजाने र मन्दिर प्रवेशसमेत गर्न नहुने अन्धविश्वास रहेको छ ।

महिनावारी भएका बेला चार दिनसम्म कुनै व्यक्तिलाई छुन नहुने र दूध दही खान नदिने गरेको डिलाशैनीका अमिता बोहराको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?