अब हजारको नोटमा २ वटा हात्तीको चित्र राखिने

काठमाडौं । नेपाली १ हजारको नोटमा अब २ वटा हात्तीको चित्र राखिने भएको छ । हाल प्रचलनमा रहेको हजार दरको नोटमा अफ्रिकन हात्तीको चित्र राखिएको छ । भने अब उक्त नोटमा नेपालकै जुम्ल्याहा हात्तीको चित्र राख्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै २ वटा हात्तीको चित्र भएको नोट अबको ६ महिनासम्ममा बजारमा ल्याउने तयारी रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको अनुसार अहिले एउटा हात्ती भएको ठाँउमा नै २ वटा हात्तीको फोटो राख्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?