किस मागेका ब्वाईफ्रेन्डलाई सर्तमा जेल पठाइन् प्रेमीकाले !

काठमाडौं । चेन्नईकी एक युवतीले आफ्नो प्रेमीलाई एक अनौठो प्रस्ताव राखिन् । सर्तका कारण ब्वाईफ्रेन्ड सिदै जेल पुगे । जब प्रहरीले युवकसँग सोधपुछ गरे तब ति युवकले एक किसका कारण यस्तो भएको बताएका छन् ।

उनले आफ्नी गर्लफ्रेन्डसँग एक किस मागेका थिए । तर उनकी गर्लफ्रेन्डले उनीसँग अचम्मको सर्त राखिन् । प्रेमीकाले उनीसँग चेन्नईको सडकमा बुर्का लगाएर घुमेमा मात्र किस दिने सर्त गरेकी थिइन् ।

प्रेमीकाले भनेअनुसार युवक चेन्नईको रोयायेट्टा इलाकामा बुर्का लगाएर घुम्न थाले । उनले बुर्का लगाएका थिए भने खुट्टामा चप्पल लगाएका थिए । उसलाई देखेर मानिसहरु चोर चोर भन्दै कराउँन पनि थाले ।

त्यो देखेर मानिसहरुले उनलाई महिला नभएको शंका गर्दै केहि समयपछि चोर भन्दै उसलाई समातेर पुलिसलाई जिम्मा लगाईदिए ।

सोधपुछका क्रममा युवकले आफ्नी गर्लफ्रेन्डले लगाएको सर्तले बुर्का लगाएर घुम्नु परेको बताएका छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?