व्यापारीद्वारा प्रदर्शन–तरकारी बजार बन्द

विराटनगर, ११ माघ – तरकारी व्यापारी पशुपति भगतमाथि भएको सांघातिक आक्रमणमा संलग्नलाई कारबाहीको माग गर्दै तरकारी तथा फलफूल व्यवसायीले आज यहाँ प्रदर्शन गरेका छन् विराटनगरस्थित गुद्री बजारमा उनीहरुले बिहानैदेखि प्रदर्शन गर्दै तरकारी तथा फलफूल व्यवसाय कारोबार ठप्प गरेका हुन् यसअघि व्यापारीे भगतमाथि आक्रमण गरी घाइते बनाउनेलाई कारबाहीको माग गर्दै सब्जीमण्डी तथा गुद्री बजार व्यवस्थापन समितिको अगुवाइमा स्थानीय गुद्री बजारबाट निस्केको विरोध ¥याली नगर परिक्रमा गरेका थिए नगर परिक्रमा पछि समितिका सचिव शाहाव अहमद गुड्डु र अध्यक्ष कुशहरि शर्मा भट्टराईको नेतृत्वमा गएको एक टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाएको जनाएका छन् समितिका सल्लाहकारसमेत रहनुभएका भगतमाथि यही माघ ५ गते शुक्रबार सांघातिक आक्रमण भएको थियो सो घटनामा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?