कोमल वली प्रकरणमा शंकर पोखरेलले खोले मुख

काठमाडौँ, ११ माघ- एमाले सचिव तथा ५ नम्बर प्रदेशसभा सदस्य शंकर पोखरेलले गायिका कोमल वलीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइएपछि विभिन्न टिकाटिप्पणी भएको भन्दै असन्तुष्टि जनाएका छन् । समाजलाई बदल्नका लागि पार्टीबाहिर रहेका मानिसलाई आन्दोलनमा समाहित गर्ने विषयमा सोच्नुपर्नेमा अर्थहीन तर्क र टिप्पणी पार्टीभित्रैबाट भएको भन्दै असन्तुष्टि जनाए बिहिबार आयोजित एक कार्यक्रममा पोखरेलले कलाकारलाई राष्ट्रियसभामा स्थान दिँदा वाम आन्दोलनलाई नै फाइदा पुग्ने दाबी गरे ‘अहिले कोमल वलीले गाएको गीतको चर्चा हुन्छ, तर कोमल ओली आफैंले गाउँने गीत र पुँजीवादी दुनियाले किनेर गाउँने गीतमा अन्तर हुन्छ’, उनले प्रश्न गर्दै भने, ‘त्यो गीत कोमल वलीले लेखेको गीत हो ? पुँजीवादी दुनियाले कलाकारलाई किन्छ र जनवादी दुनियाले पुँजीवादी दुनियाबाट कलाकारलाई खोसेर ल्याउँछ ।’कोमल वली एक गायिकामात्रै नभएर कुशल नेत्री पनि रहेको भन्दै पोखरेलले चुनावको बेला उनले पार्टीका लागि खेलेको भूमिकालाई बिर्सन नहुने बताए । उनले कोमल ओलीलाई जनवादी कलाकारको रुपमा चित्रित गर्दै त्यस्तो कलाकारलाई राष्ट्रियसभामा हिस्सा रहेको बताए चुनावका बीचमा धेरै कलाकार पार्टीमा प्रवेश गरिएपनि कोमल ओलीको नै क्रेज भएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?